बझाङमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौँ – बझाङमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सवारी दुर्घटना, रुखबाट लडेर र आत्महत्या गरि छुट्टाछुट्टै ठाउँमा भएका घटनाबाट ३ जनाको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा १ जना रूखबाट लडेर १ जना र आत्महत्या बाट एक जना गरी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । धनगढीबाट बझाङ आउँदै गरेको मालबाहक ट्रक र मोटरसाइकलएकआपसमा ठोकिँदा दुर्गाथलि गाउँपालिका ३ रकैल घर भएकी २५ वर्षीया अमृता खत्रीको मृत्युु भएको छ ।

Dengue

सोमबार आज बिहान सदरमुकाम चैनपुरदेखि बागथाला तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकल र धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रक केदारस्युँ गाउँपालिका २ र ४ को बिच बज्वामा एकआपसमा ठोकिँदा हेयर नेपालमा कार्यरत मोटरसाइकल पछाडि सवार खत्रीको घटना स्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले बताए । दुर्घटनापछि स्थानीयले र मृतकका आफन्तले जयपृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध गरेपछि जिल्लाबाट बाहिरी र बाहिरि जिल्लाबाट जिल्लामा भित्रीने सवारीसाधन रोकिएका छन् । शव अहिलेसम्म उठाइएको छैन । मृतकका आफन्तले र स्थानीयले मृत परिवारलाई क्षतिपूर्ति घटनाको सत्यतथ्य छानवीन र सवारी चालकलाई नियन्त्रणमा नलिनसम्म अवरुद्ध राजमार्ग नखोल्ने अडान राखेको बताइएको छ । सडक सुचारू गर्ने सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अहिले ट्रक चालक बैतडीको पुर्चौडि नगरपालिका ६ का दिपेन्द्र साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ भने मोटरसाइकल चालक बझाङको जयपृथ्वी नगरपालिका ७ का नारायण जोशी फरार रहेका छन् । फरार जोशीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। खत्री संस्थको फिल्ड कार्यक्रमका लागि बाग्थला जाने क्रममा दुर्घटनामा परेको बुझिएको छ।

मृतक खत्रीका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस्तै, बझाङको खप्तड छान्ना गाउँपालिकामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ गोठ्खोलाकि धनलक्ष्मी खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यता छबिस पाथिभेरा गाउँपालिका-१ बगडगाउँका ३० बर्षिय बलराम गिरि झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । गिरि गएराती आफ्नै घरको भान्सा कोठामा झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ । उनको सब पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार