संसदबाट राप्रपा सांसद राणाको उद्घोष – ‘राजसंस्था सहितको हिन्दू राष्ट्र कायम गर्छौ’ (भिडियो सहित)

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले नेपाललाई राजसंस्था सहितको हिन्दू राष्ट्र कायम गर्ने दाबी गरेका छन् । बुधबारको बैठकमा बोल्दै राणाले भने, ‘राप्रपा सानो होला तर जनताको मनमा भिजेको छौं । हामीले नेपालमा सनातन हिन्दू राष्ट्र कायम गर्नको लागि आएका छौं । हामी राजासहितको प्रजातन्त्र पुन:स्थापना गर्न आएका छौं । त्यो कुरा संविधानले रोक्दैन । हामी बोल्छौं र समयमा कार्यान्वयन गर्छौं ।’

उनले संविधान र व्यवस्थालाई मानेर नै संसदमा आएको बताए । राणाले आफुहरुलाई हेप्ने र होच्याउने काम नगर्न समेत चेतावनी दिए ।  ‘हामी यो व्यवस्था नमान्ने भए जंगल गएर बन्दुक उठाउथ्यौं । यही संविधानलाई हाम्रो मूल्य र मान्यतामा परिवर्तन गर्नको लागि जनताले भोट दिएका छन् ।’ उनले भने,  ‘हामीलाई हेप्ने र होच्याउने काम आइन्दा यो सदनबाट नहोस् ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका मन्त्रीहरूले संविधानअनुसार मन्त्री पदमा शपथ लिएपछि व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताएका थिए । राप्रपा सांसद राणाले नेता पन्तको सोही भनाइको जवाफ दिएका हुन् । राप्रपाका अर्का सांसद ज्ञानेन्द्र शाहीले पनि एमाले सांसद पन्तको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार