मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं- अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार ।

यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाका हालेकी छिन् । मेचुलाई स्वरमा साथ दिएका छन्, साहिल लिम्बुले । उनी पनि भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक हुन् ।

Dengue

गीतमा गायिका मेचु धिमालको शब्द तथा संगीतको हो । किरण राईको छायाँकन तथा सम्पादन तथा मेचु धिमालको निर्देशन भिडियोमा रहेको छ । ’सङ्गो संसार’ गीतमा मेचु र साहिलको अभिनय समेत देख्न सकिन्छ । गीतमा मायामा रहेका प्रेमील जोडिको रचनात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।

 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार