नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नेपाल व्यापार संघद्वारा भोली बिरोध सभाको घोषणा

काठमाडाैँ  – नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नेपाल व्यापार संघले भोली बिरोध सभाको घोषणा गरेको छ । ११ बुदामा विरोध नारा तय गर्दै विरोध सभाको घोषणा गरेको हो । बैकिंङ आतंक बन्द गर, बैंक सधै नाफामा, उद्योगी व्यवसायी घाटामा, गरीखाने मर्दैछ, सरकारको राजश्व घट्दैछ लगायतका नारा तय गरेका छन् । यसैगरी बंकिंङ ब्याजदर एक अंकमा ल्याउ, ब्याजदर घटाउ गरीखान देउ, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, स्व. प्रेम आचार्यको माग सम्बोधन गर, व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगी व्यवसायी एक हौँ, उद्योगी व्यवसायीलाई आत्महत्या गर्न बाध्य नपार तथा सहज व्यवसायिक वातावरण कामय गर लगायतका नारा तय गरिएको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।

विरोध सभाको सम्बन्धित निकायलाई जानकारी दिएको बताउदैँ ११ बजे माइतीघर मण्डलामा जम्मा हुन सूचित समेत गरिएको छ । न्यूरोडपट्टीबाट आउनेहरुले विहान ९ बजेर ३० मिनेटमा जुद्ध सालिकनिर भेला भई न्यूरोड गेटबाट, रत्नपार्क, भद्रकाली हुदैँ आर्मीको सँगै सार्वजनिक बाटो हुदैँ माइतीघर मण्डलामा ११ बजे जम्मा हुने कार्यतालिका सार्वजनिक गरेको छ । यसैगरी ललितपु, भक्तपुर, कोटेश्वर, गौशाला र बानेश्वरबाट आउनेहरुले एभरेष्ट होटल अगाडी जम्मा भई बबरमहल हुदैँ माइतिघर मण्डलामा ११ बजे जम्मा हुने भनि विरोध सभामा उपस्थित हुने सम्पूर्ण व्यवसायीलाई अनुरोध गरिएको छ ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार