राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नछोड्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी हुने बताएको छ । सर्वोच्च अदालतले नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।

लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।

Dengue

रास्वपा प्रवक्ता मुकुल ढकालले गृहमन्त्रालयमा दाबी रहने बताउनुभएको छ ।  लामिछानेले नागरिकता लिइसकेपछि फेरि पार्टी सभापति बनाउने तयारी भइरहेको छ । लामिछानेलाई फेरि पार्टी सभापति बनाउन र गृहमन्त्रालयका बारेमा निर्णय गर्न रास्वपाले केन्द्रिय समितिको बैठक पनि बोलाएको छ ।

त्यसो त गैरसांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने प्रावधान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार