रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार

Call24News

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन हुनुभएको छ ।

रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

Dengue

संसदीय दलको उपनेतामा चयन हुनुभएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८ बाट प्रतक्ष्य निर्वाचित सांसद हुनुहुन्छ भने प्रमुख सचेतकमा चयन हुनुभएका परियार समानुपातिक सांसद हुनुहुन्छ । रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसक्नुभएको छ । पार्टीबाट हाल प्रतिनिधिसभामा बीस जना सदस्य हुनुहुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार