ईपीएस मार्फत कोरिया जान ३७ हजारले भरे आवेदन

काठमाडौँ – कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया जान ३७ हजारभन्दा बढीले आवेदन फाराम भरेका छन् । सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्रतर्फ थप गरिएको ६ हजार कोटामा ३७ हजार २७७ जनाले आवेदन भरेका हुन् ।

इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्र तर्फको अतिरिक्त परीक्षाका लागि आवेदन भरिएको बताए । यही पुस ४ देखि पुस ८ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि अनलाइन फाराम भर्न आह्वान गरिएको थियो । आवेदन दिएकाहरूलाई १६ माघ २०७९ देखि २७ माघसम्म पहिलो चरणको परीक्षा हुनेछ । त्यसपछि ८ फागुन २०७९ देखि २६ फागुनसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।

Dengue

सन् २०२२ का लागि कृषि तथा पशुपालनतर्फ तोकिएको कोटाभन्दा कम पास भएका थिए । त्यसपछि अहिले सन् २०२२ कै लागि थप माग गरिएको हो । प्रत्येक चरणको भाषा परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूको मात्र सोही चरणको लागि सीप परीक्षण (स्किल टेष्ट) हुनेछ । सीप परीक्षणमा उचाइ, तौल, दृष्टि लगायतका कुराहरू परीक्षण गरिनेहरू परीक्षण गरिनेछ । प्रत्येक चरणको भाषा परीक्षा र सीप परीक्षण सम्पन्न भएपछि मात्रै अन्तिम नतिजा प्रकाशित गरिने शाखाले जनाएको छ ।

यसअघि सन् २०२२ मा छनौटमा परेका नेपाली कामदारहरू कोरिया जाने क्रम जारी रहेको छ । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका लागि छनौटमा परेका कामदारहरू कोरिया जाने क्रम जारी रहेको निर्देशक कटुवालले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार