धनुषामा रेलले किचेर एक जनाको ज्यान गयो

धनुषा – रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएका व्यक्तिको रेलले किचेर ज्यान गएको प्रहरीको भनाइ छ । रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर लिकमा खसेका ती व्यक्तिको ज्यान गएको नेपाल रेल्वे महाप्रबन्धक निरञ्जन झाले पनि पुष्टि गर्नुभएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार