कांग्रेसले सांसदहरूलाई बोलायो बालुवाटार

काठमाडौँ – राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको समय सकिनै लाग्दा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सत्तारुढ गठबन्धनको सरकार निर्माण हुने भनिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिलो प्रधानमन्त्री ? भन्ने विषय टुंगिन नसकिरहेको बेला कांग्रेसले आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएको हो ।

अपरान्ह १२ : ३० मा बस्ने कांग्रेस सांसदहरुको बैठकले प्रधानमन्त्री को पहिलो ? भन्नेमा राय दिने बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पद दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार