कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, केहीबेरमा मतगणना हुने

Call24News

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि मतदान सकिएको हो। अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्।

Seti Hospital

८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। भोजपुरकी सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए।

उनी सुत्केरी भएकाले ओम अस्पतालमा छिन्। उनलाई अस्पतालबाटै मतदान गराउन समिति सदस्यहरु मतपत्र लिएर गएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए। संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।

दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार