कांग्रेस निर्वाचन समितिमा लफडा, मतदान अझै सुरू भएन

Call24News

काठमाडौं – बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई अझै सुरू भएको छैन। मतदानस्थलमा मोबाइल लैजान पाउने, नपाउने विवादले काङ्ग्रेस संसदीय दलमा मतदान अझै सुरू नभएको हो।

सयोजक भिष्मराज आङ्दम्बे र पुस्पा भुसाल मोबाइल लैजान सकिने भनिरहेका छन् भने प्रकाश स्नेही लैजान हुन्न भन्नेमा छन्। कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेको छ। यसैबीच निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Galaxy

मतदान सुरू हुनुअघि प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्। कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार