यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ७ वटा निर्णय

Call24News

काठमाडौँ  – सरकारले निलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेकाे छ ।

आज सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजाे आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै निलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताए । उनले सरकारले माथिल्लो फावाखोला जलविद्युत् आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि जानकारी दिए।

Seti Hospital

मन्त्री कार्कीले संरक्षण क्षेत्र भित्रका जलविद्युत् आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय भएको जानकारी दिए । उनले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने बताए । उनले खाद्य पदार्थमा ‘हेभी मेटल’ को अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको बताए ।

बैठकले मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेकाे छ । मन्त्री कार्कीले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामकाे जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय गरेकाे बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार