बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा एक युवक नर्सको कोठामा छिरेपछि . . . .

बैतडी – बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन्।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन्। सोमबार राति ९ बजेको समयमा मदिरा सेवन गरेर नर्सको कोठामा पसेर अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

Seti Hospital

पाटन नगरपालिका वडा नम्बर ४ मा रहेको भुवनेश्वर स्वास्थ्य चौकीमा कार्यरत नर्सलाई दुव्र्यवहार गरेको उजुरी परेपछि महरालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार