गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन

काठमाडौँ  — गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छन् । गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन भएकी हुन् ।

धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पाएको हो । त्यस्तै दोस्रो ठूलो दल एमालेले महासचिव, सचिवसहित ७ वटा पद पाउने छ । महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका छन । कोषाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार चयन भएकी छन । दलहरुले सहमतिका आधारमा नेतृत्व चयन गरेको पाण्डले बताइन् । काठमाडौंको प्रज्ञा भवनमा जारी पहिलो अधिवेशनले ३७ सदस्य रहेको नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार