धारिलो हतियार प्रयोग गरि एक युवतीको हत्या, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ – धारिलो हतियार प्रहार गरे धनुषामा एक महिलाको हत्या भएको छ। बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज विहान हत्या भएको हो।

हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको छ। उनका श्रीमान वीरेन्द्र यादवले आज बिहान करिब ४ बजेतिर तीन/चार जना नकवधारी समूह घरमा आएको र श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।

Seti Hospital

वीरेन्द्रलाई पनि प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ। यसअघि वीरेन्द्रले श्रीमतीलाई कुटपिट गर्ने गरेको छिमेकीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार