नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो ।

पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकमा ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासहित नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिटमा जित हात पारेको छ । समानुपातिकतर्फ ३२ सिट पाएको छ ।

Dengue

आगामी प्रधानमन्त्रीको उम्मेदवारबारे कांग्रेसभित्रैबाट विभिन्न धारणाहरू सार्वजनिक भइरहेका छन् । यसैगरी, गठबन्धनको साँचो अर्कैतिर जाला भन्ने भय पनि कांग्रेसलाई छ । कार्यसम्पादन समिति बैठकमा गठबन्धन र आगामी सरकारबारे छलफल हुने नेताहरूले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार