एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा ९ सिट, कुन प्रदेशमा कति सिट पाए ?

काठमाडौँ – प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२ मतमध्ये ५५,९५७ मत ल्याएको उसले एक सिट पाएको हो । मधेस प्रदेशमा १९,५२,९४९ मतमध्ये १,१३,९१५ मत पाएको एकीकृत समाजवादीले सबैभन्दा धेरै तीन सिट पाएको छ । यो कुल सदर मतको ५.८३ प्रतिशत हो । यस्तै बागमती प्रदेशमा १८,६९,१३६ मतमध्ये ६९,८४६ मत पाएको दुई सिट पाएको छ । यो कुल सदर मतको ३.७४ प्रतिशत हो ।

गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सिट भने पाउन सकेन । गण्डकीमा एकीकृत समाजवादीले कुल ९,४२,७९८ मतमध्ये १५,०७६ मत पाएको थियो । यो कुल सदर मतको १.६० प्रतिशत हो । लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीले एक सिट पाएको छ । कूल १७,७७,७२० मतमध्ये ४२,६२१ मत पाएको थियो । यो कूल सदर मतको २.४० प्रतिशत हो ।

Dengue

कर्णाली प्रदेशमा पनि उसले एक सिटमै चित्त बुझाउनु परेको छ । कुल ८,५२,२८१ मतमध्ये ४३,८१९ मत पाएको उसले एक सिट मात्र पाएको हो । कर्णाली प्रदेश सभामा पनि एकीकृत समाजवादीले एक सिट पाएको छ । कुल ५,६२,३४० मतमध्ये एकीकृत समाजवादीले ३५,८२६ मत पाएको थियो । यो कुल सदर मतको ६.३७ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशसभामा समेत एकीकृत समाजवादीले एक सिट मात्र पाएको छ । कुल ८,५२,२८१ मतमध्ये ४३,८१९ मत पाएको थियो । यो कुल सदर मतको ५.१४ प्रतिशत हो । प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले २,९८,३९१ मत पाएको हो । सदर भएको कूल १,०५,६०,०८२ मतमध्ये तीन प्रतिशत मत नपुगेपछि प्रतिनिधिसभामा समानुपातिक सिट शून्य भएको हो । यद्यपि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार