नवलपुरमा बस र ट्रक ठक्कर खाँदा १७ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक ठक्कर खाएको थियो।

Seti Hospital

बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते छन्। बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फरुपमा मात्रै यातायात सञ्चालन भएको छ। दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फीरुपमा सवारी सञ्चालनमा आउने उनले बताए। रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार