मेघाङ गाउँपालिकाको किम्ताङ र देउराली माविमा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं,जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट ,र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।
सोमबार मेघाङ गाउँपालिकाको किम्ताङ स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा जम्मा २७६ जना बिरामीले सेवा लिएका छन् भने १८ जना मोतीबिन्दु भएका बिरामी शल्यक्रिया को लागि छनौट भएका छन ।
यस्तै सोमबार नै देउराली माध्यमिक विद्यालय देउरालीमा समेत शिविरको आयोजना गरिएको थियो । जसमा २२७ जना विरामीले सेवा लिएका छन् भने ११ जना मोतिबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट भएका छन। निशुल्क आँखा शिविर बाट छनौट भएका मोतिबिन्दुका बिरामीहरूको यही पौष १ र २ गते यस जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा सहुलियत मूल्यमा शल्यक्रिया गरिने छ ।
यस आँखा शिविरलाई सम्पन्न गर्नमा सहयोग र समन्वयको भूमिका मेघाङ गाउँपालिकाको कार्यालय , ४ नं वडा कार्यालय किम्ताङ , नेपाल रेडक्रस सोसाइटी देउराली उपशाखा किम्ताङ स्वास्थ्य चौकी र देउराली मा वि देउरालीले गरेका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार