राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भने – ‘अबको पाँच वर्षभित्र भ्रष्टाचारीलाई जेल हाल्छु’

काठमाडौँ – राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचितपछि काठमाडौं फर्किएका शाहीले विमानस्थलमै एमसीसी विरुद्ध आवाज उठाए। उनले   भ्रष्टाचारविरुद्ध संसदबाट आवाज उठाउने पनि बताए । शाहीले वाइडबडी काण्ड, मेलम्ची काण्ड, एनसेल काण्डजस्ता ठूला भ्रष्टाचार काण्ड मच्चाउनेहरुको भण्डाफोर संसदबाट गर्ने बताए । आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए । ‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भने पनि कठघरामा उभ्याउनेछु ।’

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार