एमाले सचिव भट्टको जिल्लामा एमाले निल

धनगढी – नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको छ । २०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधि तर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सीट जितेको थियो ।

तर मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने एमाले कैलालीबाट निल भएको हो । प्रतिनिधि सभा तर्फ कैलाली–४ मा इन्चार्ज भट्ट आफै पराजित भएका छन्, भने, कैलाली–५ मा नारदमुनि राना, कैलाली–३ मा  गौरिशंकर चौधरी, कैलाली–२ मा झपड रावल र कैलाली–१ मा तपेन्द्र रावल पराजित भएका छन् । प्रदेश सभा तर्फपनि सुदूरपश्चिममा एमाले निल भएको छ । कैलालीका १० वटा प्रदेश सभा क्षेत्र मध्य एमालले ९ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो । कैलाली–१ को प्रदेश क्षेत्र क मा भने एमालले जसपालाई छोडेको थियो ।

Dengue

एमालेका तर्फबाट कैलाली १ को प्रदेश ख मा द्वारिका प्रसाद न्यौपाने, क्षेत्र नम्बर–२ को प्रदेश क मा कमला कुमारी ओली, ख मा डेजि पाण्डे, कैलाली क्षेत्र नम्बर ३ को प्रदेश क मा राजबहादुर बुढा, ख मा जयनारायण जोशीलाई उम्मेदवारी दिएका थिए ।
त्यसैगरी कैलाली क्षेत्र नम्बर–४ को प्रदेश क मा एमालेका भीमबहादुर देउवा, ख मा हरिसिंह साउँद र कैलाली–५ को प्रदेश क्षेत्र क मा नेपालु चौधरी र अ मा दुर्गा जोशीले उम्मेदवारी दिएका थिए । तर ९ मध्य एक जनाले पनि जीत हाँशील गर्न सकेनन् । नेकपा एमाले दार्चुला, बझाङ र अछाममा पनि निल बनेको छ । न्युज कारखाना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार