समानुपातिकमा एमालेले कटायो ९ लाख मत, काँग्रेस दोस्रोमा, अरु कुन दलको कति ?

काठमाडौँ – समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएकाे छ ।

एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत रहेको छ ।

Dengue

राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३७ हजार ५२४ मत रहेको छ भने जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ । जनमत पार्टीले ६९ हजार ४९५ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६३ हजार १५९ मत रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार