धादिङ-१ बाट राजेन्द्र पाण्डे विजयी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् ।

पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् । यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए । यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ५६ मत ल्याएर तेस्रो भएका छन् । धादिङ २ बाट कांग्रेस नेता रामनाथ अधिकारी यसअघि निर्वाचित भइसकेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार