यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं – वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कर्णलीले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २६.२ ओभरमा ५ विकेट गुमाई लक्ष्य पूरा गरेको हो । सुदूरका लागि मिलन बोहराले ४७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । ओपनर दीपक बोहराले १६ बलमा २ चौका र १ छक्कासहित २०, विशाल ऐर ९, अनुराग सिंह १० र दीपक बोहराले २० रन बनाए । गजेन्द्र बोहरा ४ र सुनिल चन्दले १३ रन बनाए । कर्णालीका तीव्र गतिका बलर अनुज चनाराले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । सन्दीप शाही र मोहन विकले एक एक विकेट लिए ।

Dengue

त्यसअघि, त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली ३२.३ ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो । कर्णालीका लागि दिनेश अधिकारी ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाउँदै अविजित रहे । ओपनर सुवास ऐर ३५ बलमा ४ चौका र १ छक्कासहित ३० रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कर्णालीको सुरुवात उत्कृष्ट रहेपनि मध्यक्रमका ब्याटर चल्न नसक्दा कर्णाली सस्तैमा समेटिएको थियो । कर्णालीका लागि ओपनर विपिन रावल र सुवास ऐरले पहिलो विकेटका लागि ९.४ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । राम्रो सुरुवात गरेपनि कर्णालीले ५१ रन जोड्न ९ विकेट गुमाएपछि ९९–९ को दयनीय अवस्थामा पुगेको थियो ।

सुदूरपश्चिमका लागि मिलन बोहराले ७.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । नरेन्द्र साउदले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी र कैलाश ऐरले एक एक विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार