देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने बाजुरामा मत गणना सुरु भएको छैन ।

मत गणना भइरहका कैलालीका ४ निर्वाचन मध्ये कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ । कैलाली– ४ मा कांग्रेसका वीबहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन् । बलायरले १९ हजार १७२ मत ल्याउँदा भट्टले १६ हजार ९०२ मत पाएका छन् । यस्तै कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त पनि अगाडि लागेका छन् । एमालेका नारदमुनी रानालाई ४७४ मतले पछि पारेका हुन् । पन्तले ४ हजार ९३३ मत ल्याउँदा रानाले ४४५७ मत प्राप्त गरे ।

Dengue

कञ्चनपुर २ र ३ मा पनि कांग्रेस भारी मतान्तरले अगाडि छ । २ नम्बर क्षेत्रमा कांग्रेसका एनपी साउदले १८ हजार ४५५ मत प्राप्त गर्दा एमालेका नरबहादुर धामीले १५ हजार १४३ मतसहित पछ्याइरहेका छन् । यता कञ्चनुर ३ मा पनि कांग्रेसका रेमश लेखक जित नजिक पुगेका छन् । लेखकले २८ हजार १३९ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १७ हजार १५६ मत ल्याएकी छिन् । लेखकसँग पाल करिब ११ हजार मतान्तरले पछि परेकी छिन् । दार्चुलमा पनि कांग्रेसका दिलेन्द्र बडु एमालेका गणेश ठगुन्नाभन्दा १५ हजार ४६ मत अगाडि लागेका छन् । बडुले २२ हजार ४९६ र ठगुन्नाले २० हजार ९५० मत ल्याएर पछ्याइरहेका छन् ।

अछाम २ मा पनि कांग्रेसका पुष्पबहादुर शाह भारी मतान्तरले जित नजिक छन् । शाहले २१ हजार ३२४ मत ल्याउँदा एमालेका यज्ञबहादुर बोगटीले १४ हजार ८६७ मत पाएका छन् । कैलाली –१ मा भने नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अगाडि छिन् । रञ्जिताले १६ हजार २५५ मत पाउँदा कांग्रेसका रामजनम चौधरीले ९ हजार ७९२ मत पाएका छन् । प्रदेशमा पनि कांग्रेसका उम्मेदवार अधिकांश ठाउँमा अग्रस्थानमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार