नेपाल टेलिकमको वर्ल्ड कप अफर

काठमाडौँ – नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकका लागि फिफा वर्ल्ड कप प्याकेज उपलब्ध गराउने भएको छ। मङ्सिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न निर्धारित करसहितको शुल्क ५६५ रुपियाँ ग्राहकले घरमै बसेर खरिद गर्न सकिने टेलिकमले जनाएको छ। यसका लागि वर्ल्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’मा क्लिक गरी आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटिपि प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ। सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिने नेपाल टेलिकमले जनाएको हो।

सो प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकलाई कम्पनीका तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीवी डाटासमेत निःशुल्क उपलब्ध हुनेछ। विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार