पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकपको उपाधी

काठमाडौं – पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो।

इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहे।

Dengue

यस्तै जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन बनाए। १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए। फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए।

यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। उसका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए। २८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान बाबर आजमले ३२ रन बनाए। २८ बल खेलेका बाबरले २ चौका प्रहार गरे।

शादब खानले १४ बलमा २ चौकासहित २० रन जोड्दा ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान १५ रनमा आउट भए। युवा ब्याटर मोहम्मद हरिसले ८ रन बनाए। मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए। इफ्तिखार अहमद शून्यमा क्याच आउट भए।

इंग्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चिएर २ विकेट लिए। बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार