ग्राण्डीका डाक्टरद्वारा श्रीमतीमाथि यातना, मधेसी आयोग गर्‍यो प्रहरीलाई पत्राचार

काठमाडौँ – राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो श्रीमतीलाई चरम यातना दिएको सार्वजनिक भएको छ । डाक्टर पंकच चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको सार्वजनिक भएसँगै मधेसी आयोगले घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

महोत्तरीको औरही निवासी पी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगका अध्यक्ष डा विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको बताए ।

Dengue

सो समस्याहरूप्रति आयोग गम्भीर रहेको उनको भनाइ छ । अध्यक्ष डा.दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याहरूले समाजमा कयौं चेलीबेटीहरू यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताए । करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा पंकज चौधरीसँग विवाह भएको थियो । नेहा चौधरीलाई दाइजोको नाममा श्रीमान र उनको परिवारले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ । उसो त नेहाले सो घटना सामाजिक संजालमा पनि सार्वजनिक गरेकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार