ललितपुरको सुनाकोठीमा एक पुरुषको हत्या

काठमाडौँ – ललितपुरको सुनाकोठीमा एक पुरुषको हत्या भएको छ।

सोमबार राति सवा ७ बजेतिर ललितपुर महानगरपालिका- २७ सुनाकोठीस्थित एक घरको डेरामा बस्दै आएका रामचन्द्र राईको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए। प्रहरीका अनुसार अन्दाजी ३५-४० वर्षीय रामचन्द्रको हत्या आरोपमा सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राई पक्राउ परेका छन्।

Dengue

धारिलो हतियार प्रयोग गरी रामचन्द्रको हत्या भएको एसपी शाहीले बताए। ‘उनीहरू दुवै चिनजानकै मानिसहरू हुन्। सँगै बसेर मादक पदार्थ सेवन गरे। विवाद भएर झगडा हुँदा धारिलो हतियार प्रयोग भएको देखिन्छ,’ उनले भने। हतियारले रामचन्द्रको शरीरको माथिल्लो भागमा चोट लागेको देखिएको उनले बताए। उनीहरूबीच के-कस्तो विवाद भएको थियो भन्ने खुलिसकेको छैन।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव उठाइसकेको छ। शवको पोस्टमर्टम गर्न पाटन अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ललितपुर वडा नम्बर २७ का वडाध्यक्ष कृष्णहरि महर्जनका अनुसार रामचन्द्र र राजेन्द्र बस्तीभन्दा टाढा फाँटमा रहेको एउटा टहरामा बस्थे।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार