केपी ओलीको छाया रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल

रूपन्देही – त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उमेदवारी दिएका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको छाया रहेसम्म एमाले नसुध्रिने बताएका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँग कुरा गर्दै भुसालले विचारबिनाको राजनीतिले विकास र समृद्धिको दिशामा समाजलाई डोहोर्‍याउन नसक्ने बताए ।

ओलीले विकासको भाष्य नै बिगारेर विकासलाई समाजबाट अलग गर्न खोजेको उनको आरोप छ । “ओलीजीले भनेझैँ हामी प्रशान्त महासागरमा नेपालको झन्डा भएको पानी जहाज नै चलाएछौँ भनेपनि त्यो पानी जहाजले रूपन्देहीका जनताका लागि योगदान गर्न सक्दैन भने त्यसको काम छैन,” उनले भने, “भ्यू टावर, पानी जहाज र रेलको कुरा गरेर जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारमा लिप्त हुने परिपाटि नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष हो, त्यसबारे नागरिक सजग हुनुपर्छ ।”

SHIKHAR COOL TECH

भुसालले विगत १० वर्षसम्म आफूले पार्टीभित्र वैचारिक बहस गरेको तर ती बहसहरूलाई ओलीले व्यक्तिगत रूपमा लिएर आफूमाथि प्रहार गरेको बताए । सो क्रममा नेपाली कांग्रेसबाट गठबन्धनको प्रदेशसभा सदस्य पदको उमेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवले गठबन्धनको जितले मात्रै देश विकास र समृद्धिको मार्गमा अगाडि बढ्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार