२ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रियो

काठमाडाैं –  चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो ।

विभागका अनुसार यस अवधिमा उक्त मूल्य बराबरको ६ लाख ७८ हजार वटा तास भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ७४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै यही वर्षको वैशाखदेखि तास आयात प्रतिबन्ध लगाएको थियो ।

Dengue

तर, पछिल्लोपटक प्रतिबन्ध लगाइएका मध्ये ६ वस्तुको आयात खुलाउँदा तासको आयात समेत खुलाइएको थियो । यससँगै, नेपालमा तास आयात बढ्न थालेको हो । नेपाल भित्रिएका सबै तास उत्तरी छिमेकी मुलुक चीनबाट भित्रिएको छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार